फष्टलुकमा यस्तो छ तरकारीवाली अभिनित लम्फू

काठमाडौ । तरकारीवालीका रुपमा सामाजिक सञ्जालमा भाइरल बनेकी कुसुम श्रेष्ठको डेब्यु अभिनय रहेको फिल्म ‘लम्फू’का तीन फष्टलुक एकसाथ सार्वजनिक भएको छ । २०७५ वैशाख २८ मा रिलिज हुने फष्टलुकमा कबिर खड्का, कुसुम श्रेष्ठ ‘तरकारीवाली’, मरिस्का पोखरेल, चाँदनी शर्मा, सलोन बस्नेत र सञ्जित भण्डारीले फिचरिङ गरेका छन् । पोष्टर टौवा क्रिएसनले डिजाइन गरेका हुन् । फिल्ममा कुसाग्र भट्टराईको पनि अभिनय छ ।

निर्देशक गोपालचन्द्र लामिछानेले फिल्मले एक युवाको जीवनमा आईपर्ने अकल्पनिय घटनासँगै समय र परिस्थितिले मानिसलाई नायक र खलनायक दुबै बनाउँछ भन्ने देखाउने बताए ।

पपुलर मल्टिमिडियाको व्यानरमा बनेको फिल्ममा शक्तिबल्दब घोरासैनीको लगानी छ । फिल्ममा दिपक बज्राचार्यको छायांकन, हरि सिलवालको सम्पादन, अर्जुन पोखरेलको संगीत, अष्ट महर्जनको द्वन्द्व, रामजी लामिछाने र शिव विकको कोरियोग्राफी रहेको छ ।