प्रेमकथामा सुमनको साथ साथ

काठमाडौं । प्रेमकथाका केही फिल्महरू फ्लोरमा धमाधम सुटिङ भइरहँदा प्रेमकथाकै विषयमा अर्को नयाँ फिल्म ‘साथ साथ’ निर्माण हुने भएको छ । सुमन घिमिरेले निर्देशन गर्ने फिल्मको बिहीबार राजधानीमा घोषणा गरियो ।

निर्देशक घिमिरेका अनुसार फिल्म फागुन दोस्रो साताबाट सुटिङ थालिनेछ । ‘फिल्म विशेषत युवापुस्ताको प्रेममा केन्दित हुनेछ,’ उनले भने, ‘फिल्ममा अधिकांश कलाकार नयाँ अनुहार भए पनि सबैले काम राम्रो गर्नेमा हामी विश्वस्त छौं ।’ रेशा श्रेष्ठको लगानी रहने फिल्ममा आशिष अर्याल, सुशील पोखरेल, रेशा श्रेष्ठ, किरण थापा, भेषराज खत्रीलगायतका कलाकारको अभिनय रहनेछ ।

श्री तिमिल्सिना फिल्मस प्रोडक्शनको ब्यानरमा निर्माण हुन फिल्ममा सुशीलकै लेखन छ । आगामी वर्षको वर्षको माघ १ गते रिलिज हुने फिल्ममा शिव ढकालको छायांकन, अनिलकुमार महर्जनको सम्पादन, रुपेश बास्कोटाको संगीत, एनबी महर्जनको द्वन्द्व र रामजी लामिछानेको नृत्य रहनेछ ।