को होलिन् रोजिनाको ‘क्यूटी मैया’ ?

काठमाडौं । गायिका रोजिना गुरुङ नयाँ पप गीत ‘क्यूटी मैया’ को म्युजिक भिडियो लिएर आएकी छिन् । रोशन थापाको संगीतमा रहेको गीतमा विद्याराज शिवाकोटीको शब्द र किरण तुलाधरले संगीत संयोजन गरेका छन् ।

गायिका गुरुङ तथा मोडल आमिर शेखले अभिनय तथा नृत्य गरेको उक्त गीतको म्युजिक भिडियोमा दिपेन्द्र शाही ठकुरीको कोरियोग्राफी छ । मोहन राज अधिकारीद्वारा निर्देशित म्युजिक भिडियोलाई शिवराम श्रेष्ठले छायांकन गरेका हुन् ।
भिडियोलाई लोकेश बज्राचार्यको भिएफएक्स तथा सम्पादन गरेका हुन् । पार्टी थिममा आधारित उक्त गीतको भिडियोलाई पनि पार्टी थिममै आधारित बनाइएको छ । गीतमा गायिका गुरुङले आकर्षक नृत्य समेत गरेकी छिन् ।