अन्डरवर्ल्ड डन बन्न नेपाल आउँदै दीपिका

मुम्बई(एजेन्सी) । बलिउड नायिका दीपिका पादुकोण हाल ‘पद्मावत’को सफलता मनाइरहेकी छन् । ‘पद्मावत’पछि आम दर्शकलाई दीपिका माथि आशा बढेको छ । दीपिकाको अब आउन लागेको फिल्म ‘रानी’ हो । जुन फिल्मको सुटिङ नेपालमा पनि हुँदैछ ।

भारतीय सञ्चारमाध्यमका अनुसार भारतकी सपना दिदीको बायोपिकमा आधारित रहेर निर्माण हुने यो फिल्ममा इरफान खानको पनि अभिनय हुनेछ । फिल्मको सुटिङ आगामी मार्चबाट नेपालमा शुरु हुनेछ । फिल्ममा दीपिका अन्डरवर्ल्ड डन बन्नेछिन् ।  ‘मलाई लाग्छ कि मलाई मजबुत भूमिका मनपर्छ । म यो भूमिका गर्न उत्साहित छु । पद्मावत १३ औं शताब्दीको कथा भए पनि अहिलेका दर्शकका लागि त्यो सशक्त छ । रानीमा पनि मेरो भूमिका त्यस्तै सशक्त छ ।’ उनले भनेकी छन् ।

‘रानी’को कथा अन्डरवल्र्ड डनमा विश्वकै कुख्यात अशरफ खानमा आधारित छ । जसलाई विश्वले सपना दिदीका रुपमा पनि चिन्छ । फिल्मलाई प्रेरणा अरोडाको क्रिराज इन्टरटेनमेन्टले निर्माण गर्दैछ । फिल्म यसै वर्षको अन्त्यमा रिलिज हुनेछ ।