गोविन्दको रणवीरमा चार भिलेन

काठमाडौं । प्रेम र एक्सनलाई प्रमुख विषय बनाएर नयाँ फिल्म ‘रणवीर’ निर्माणको घोषणा गरिएको छ । प्रजातन्त्र दिवसको अवसर पारेर फागुन ७ गते फिल्म फ्लोरमा जाँदैछ । गोविन्द सिंह भण्डारीको निर्देशन हुने फिल्ममा एक्सन, कमेडी र रोमान्स रहनेछ ।

यो फिल्ममा प्रशान्त ताम्राकार, टिका पहाडी, रवि गिरी र नरेश पौड्याल भिलेनको भूमिकामा हुनेछन् । प्रशान्त फिल्म ‘ऐश्वर्य’बाट भिलेन चरित्रबाट उदाएका कलाकार हुन् भने अन्य कलाकारहरु यसअघि धेरै फिल्ममा भिलेन रुपमै देखिएका छन् । निर्देशक गोविन्दका अनुसार फिल्मले एक शिक्षित र जाँगरिलो युवकको जीवनमा आउने उतारचढाव र संघर्षलाई देखाउनेछ । फिल्ममा कलाकार सुशील सिटौला शीर्ष भूमिकामा देखिनेछन् । फिल्ममा सुशीलको अपोजिट सुभेक्षा खड्का रहनेछिन् । उनी सन् २०१२ की ‘मिस इन्टरनेसनल’समेत हुन् ।

फिल्ममा सुपुष्पा भट्ट, प्रशान्त ताम्राकार, टिका पहारी, रवी गिरी, नरेश पौड्याल, हरिहर शर्मा, भोलाराज सापकोटा, जीवन भट्टराई, जगदिस रिजाल, बसन्ती भट्ट, शैलेश्वरी सिंहको पनि अभिनय रहनेछ । गोमा विष्ट थापा र दिपेन्द्र रेग्मीको लगानीमा बन्ने फिल्म डडेलधुरा, महेन्द्रनगर, धनगढी र काठमाडौँमा खिचिनेछ । फिल्ममा महेश पौड्यालको छायांकन, हर्कुलस बस्नेत, सुशान्त गौतम र अमित श्रेष्ठको संगीत, गम्भीर विष्ट र सुरेन बसेलको कोरियोग्राफी र चन्द्र पन्तको एक्सन हुनेछ ।