काजल तामाङ नयाँ मिस इ कलेज

काठमाडौं । सिजन मिडियाले राजधानीको अक्षरा स्कुल काडाघारीमा शनिबार आयोजना गरेको ‘मिस इकलेज २०१८’ मा ब्रिटिश कलेजमा अध्ययनरत २० वर्षीया काजल तामाङले शीर्ष ताज जितेकी छन् । उनलाई मिस इकलेज २०१५ की विजेता नितिका कर्माचायले ताज पहिराइदिएकी थिइन् । उनले विधागत तर्फको ‘मिस पर्सनालीटीको टाइटल अवार्ड पनि आफ्नो पोल्टामा पारिन् । काजलले उपहार स्वरुप १ लाख ८० हजार पर्ने स्कुटर, ५ दिनको बैंकक भ्रमण, लेटमिइनको तर्फबाट २० हजारको गिफ्ट भौचर, नेपाल एयरहोस्टेस एकाडेमीको तर्फबाट ३५ हजारको छात्रावृति प्राप्त गरिन ।

प्रतियोगितामा सोफीया श्रेष्ठ फष्ट रनरअप र विधागत तर्फ अर्गनाइजर च्वाइस अवार्ड र वेस्ट क्रियटीभिटी अवार्ड पनि हात पारीन भने आस्मी गौतम सेकेण्ड रनरअप भइन साथै फस्ट रनरअप र सेकेन्ड रनरअपले डोगी स्माट फोन र ५ दिने थाइल्याण्ड भ्रमणको अवसर प्राप्त गरीन । अपेक्षा ढुङगाना थर्ड रनरअप साथै मिस क्याटवाकको उपाधी पनि हातपारी र अलिसा श्रेष्ठ फोर्थ रनरअप भए संगै मस्ट ट्यालेन्ट र भिर्योस अवार्ड पनि हातपारीन ।

विधागततर्फ सकिना खड्का ‘मिस पपुलर’ रविना लामिछाने मिस फेन्डसिप , सविता लामा मिस फोटोजेनिक, उर्मीला गोले मिस हेल्दी स्माइल, मनिसा वराइली मिस डिसिप्लिन, कसक प्रधान बेष्ट हेयर घोषित भए । त्यस्तै पासाङ लामु सेर्पा मिस फिटनेश, सोनिया श्रेष्ठ वेष्ट फिगर, करुना गुरुङ वेष्ट स्कीन, रोजीना केसी मिस स्टाइलीस, आसा लिम्वु फेशवुक लाइक अवार्ड, पेमा लामा युट्युव मल्टी मिडिया अवार्ड आफ्नो पोल्टामा पार्न सफल भए ।

प्रतियोगिताको निर्णायकमा नोवल कलेजका संस्थापक निर्देशक उत्तम भौकाजी, अक्षरा स्कुलकी संस्थापक प्रिन्सिपल अन्जु भट्टराई, नेपाल एयरलाइन्सका बोर्ड डाइरेक्टर अच्युतराज पहाडी, काठमाडौं होम्सका प्रवन्ध निर्देशक सुजन लामिछाने, पत्रकार निमा काफ्ले, सिम्रिक एयरका चिफ एयर होस्टेस अस्मीता खनाल र वरिष्ठ सौन्दर्यकर्मी सिता न्यापाने पाठक थिए । प्रतियोगीतामा अफिसियल कोरीयो ग्राफर रोजीन शाक्य थिए । अन्तिम प्रतियोगीतामा सौन्दर्यकर्मी इश्वरी श्रेष्ठ तामाङले सवै प्रतियोगीहरुलाई सुन्दर बनाएकी थिइन् ।