अनिलको भावुक एउटा पत्र

काठमाडौं । गीतकार अनिल खनालको शब्द तथा संगीत रहेको ‘एउटा पत्र’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । बिन्धवासिनी म्युजिकले उत्पादन गरेको गीत अनिलको एल्बम ‘एउटा पत्र’को शीर्ष गीत हो ।

कुलेन्द्र विश्वकर्मा र देवी घर्तीको स्वर रहेको गीतको भिडियोमा आशा खड्का, सरोज खतिवडा र अनिल खनाललगायतले फिचरिङ गरेका छन् । कपिल लामाको निर्देशनमा बनेको भिडियोमा सुरेश श्रेष्ठको छायांकन र विनोद बमको सम्पादन छ ।