जितेनको भन्नु पर्दामा दिपक र अन्जु

काठमाडौं । गायक जितेन लेप्चाको ‘भन्नु पर्दा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । एसियन म्युजिकको अफिसियल युट्युब च्यानलमार्फत म्युजिक भिडियो सार्वजनिक गरिएको हो । गीतका शब्द कुमार दुलालले लेखेका हुन् ।

गीतमा संगीत भने गायक जितेन लेप्चा आफैले भरेका छन् भने संगीत संयोजन फणिन्द्र राईको रहेको छ । दिपक बिश्वकर्मा र अन्जु चौलागाईंलाई फिचर गरिएको म्युजिक भिडियोलाई सिन्चुरी सुरेश घमालले निर्देशन गरेका हुन् । भिडियोलाई मिलन शंखरले खिचेका हुन् भने नेत्र गुरुङले सम्पादन गरेका छन् ।