छायाँछविमा दीपाश्रीका मुक्तक !

काठमाडौं । साहित्यिक कार्यक्रममा कलाकार तथा निर्देशक दीपाश्री निरौलाको उपस्थिति कमै देखिन्छ । फिल्मी गतिविधिमा सक्रिय दीपाश्री मुक्तक सुनाउँछिन् भन्ने सायदै धेरैलाई अचम्म लाग्ला । यिनै दीपाश्री प्रजातन्त्र दिवसको अवसर पारेर राजधानीमा एक कार्यक्रममा आफ्नो एक मुक्तक सुनाउँदा सबैजना चकित बने । छायाँछविले आयोजना गर्दै आएको ‘छाँयाछवि काव्य श्रृंखला’मा प्रमुख आकर्षणका रुपमा विपिन सलामी र रञ्जना निरौला भए पनि अतिथिका रुपमा आएकी दीपाश्रीले मुक्तक सुनाएकी हुन् । । उनले यसखाले साहित्यिक कार्यक्रममा आउन पाएकोमा औधी खुशी लागेको बताइन् ।

कार्यक्रमको शुभारम्भ गर्दै छायाँछवि काव्य श्रृंखलाकी संयोजक रश्मि रोदनले आफ्नो मुक्तकबाट प्रजातन्त्र दिवसको उपलब्धि टिप्पणी गरेकी थिइन् । छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले छायाँछवि काव्य श्रृंखलाले श्रष्टालाई मञ्च प्रदान गरेर नयाँ–पुराना श्रष्टालाई एकैठाउँ राखिनु र फिल्म, संगीत एवं साहित्यको एउटै आयाम बनाउन छायाँछवि लागि परेको वताए ।

कार्यक्रममा स्रष्टा विपिन सलामीले जोशिला खालका करिब एक दर्जन गजलहरु सुनाए । उनले सामाजिक, यथार्थपरक, श्रृंगारिक सबै प्रकारका गजल सलामीले सुनाएका थिए । अर्की श्रष्टा रञ्जना निरौलाले आफ्ना कवितामा आमा–आफू र छोरीको फरकलाई समेत उतारिन् । कार्यक्रमका अर्का अतिथी करुण थापाले साहित्यिक यस्ता खाले असियानले आफ्नो ठाउँमा योगदान हुने बताए ।