जय नेपाल भन्दै आए गायक शिव

काठमाडौं । गायक शिव लामिछानेको गीत ‘जय नेपाल’ सार्वजनिक भएको छ । ‘चाहे माया गर’, ‘किन दुख्छ मुटु मेरो’ लगायतका गीत मार्फत चर्चामा आएका गायक लामिछाने ‘शिवाज’को नामले पनि चिनिन्छन् । उनले यस गीतलाई आफु अध्यक्ष रहेको कृपा फाउन्डेसनको पहिलो वार्षिकोत्सवमा सार्वजनिक गरेका थिए ।

युट्युब मार्फत सार्वजनिक यस गीतमा हर्कुलस बस्नेतको शब्द र संगीत रहेको छ । गीतमा हिमाली मनोरम दृश्यलाई देख्न सकिन्छ भने यसमा शिव आफै फिचरीङ छन् । गीतमा विभिन्न भाषाभाषी र उनीहरुको संस्कृतिलाई देखाइएको छ ।

‘गीत मार्फत नेपालको सुन्दरता देखाउने प्रयास गरिएको छ’ शिव भन्छन ’गीत मार्फत हामीले हिमाललाई संस्कृतिसँग जोड्ने प्रयास गरेका छौ ।’ गीतलाई नरेन लिम्बु र विनय कंसाकारले संयुक्त रुपमा छायाँकन गरेका हुन् । गीतमा बिनयकै सम्पादन र नरेनको निर्देशन रहेको छ ।