अडियोमा विशारदको मिष्टर भर्जिनको टुल्की

काठमाडौं । यौन मनोविज्ञानको कथा रहेको फिल्म ‘मिस्टर भर्जिन’को पहिलो गीत ‘टुल्की’ को अडियो सार्वजनिक भएको छ । उक्त अडियो गीत वल्र्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसनको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो । गीतमा सुरज पण्डितको स्वर, शब्द र संगीत रहेको छ ।

वल्र्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसनको ब्यानरमा निर्माण भएको फिल्ममा विशारद बस्नेतको निर्देशन छ । फिल्ममा गौरब पहारी , बिजय बराल, कमलमणि नेपाल, मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्ममा महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायांकन, विक्रम स्वाँर, दीपक याम सिंहको कोरियोग्राफी, सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, बुलेट फ्लो, आधा सुर, आर जे, मिस्टर प्रिन्सको संगीत र मिलन डी काप्रीले सम्पादन रहेको छ ।  तीन युवाको यौन मनोविज्ञानको कथालाई लिएर निर्माण भएको फिल्ममा खिलेन्द्र तिमल्सिना, प्रजापती सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको छ भने सह निर्मातामा सन्दिप उप्रेती रहेका छन् ।