शेरबहादुरमा यसरी रिसाए सुनिल थापा

काठमाडौं । आगामी माघ १९ गते रिलिज मिति तोकेको फिल्म ‘शेर बहादुर’को ट्रेलर रिलिज भएको छ । युट्युबबाट सार्वजनिक गरिएको ट्रेलरमा सुनिल थापा, कर्मा, कामेश्वर चौरासिया, मेनुका प्रधानलाई प्रस्तुत गरिएको छ ।
फिल्ममा शीर्ष भूमिकामा अभिनेता सुनिल थापा देखिएका छन् । जो फिल्ममा अवकाश प्राप्त सेनाको भूमिकामा छन् । आर राजवंशीले निर्देशन गरेको फिल्मले सामाजिक मर्यादा बोकेको पात्रको चरित्रलाई प्रस्तुत गर्नेछ । ट्रेलरमा एक्शन, रोमान्स, ड्रामालगायत समावेश गरिएको छ

फिल्मको नाम राजनीतिसँग जोडिने जस्तो सुनिए पनि निर्माण पक्षले भने राजनीतिसँग फिल्मले सरोकार नराख्ने बताएको छ । पहिलो पटक सेट निर्माण गरेर ८० प्रतिशत फिल्म खिचिएको निर्माण पक्षको दाबी छ । जुन सेट तयार गर्न मात्रै २५ लाख बढी खर्च गरिएको बताईएको छ । फिल्ममा निर्माताका रुपमा छायांकार गौरीशंकर धुजु र धिराज राजवंशी छन् ।