‘रेम्बो’ हिरोलाई नाबालिग ‘बलात्कार’को आरोप

लसएञ्जल्स(एजेन्सी) । हलिउड स्टार एवं फिल्म ‘रेम्बो’ हिरो सिलवेस्टर स्टैलोनलाई नाबालिग माथि बलात्कारको आरोप लागेको छ । उनी माथि सन् १९९० मा एक नाबालिगमाथि बलात्कार गरेको आरोपमा २७ वर्ष पछि महिलाले प्रहरीमा कारवाहीको निवेदन दर्ता गराएकी छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अभिनेता सिलवेस्टरले नै आफूमाथि यौन उत्पीडनको मुद्धा लागेको खुलासा गरेका हुन् । उनले १९८७ मा इजरायलमा फिल्म सुटिङका समयमा एक महिलासँग तीन दिन बिताएको खुलाएका हुन् । ‘त्यो समयमा म एक्लो थिएँ । ममाथि आरोप लगाएकी महिला नाबालिग थिइनन् । यसकारण पनि उनी माथि बलात्कार भन्ने सवाल बेकारको हो । मैले ती महिलालाई १९९० मा देखेको पनि छैन ।’ उनले भनेका छन् ।

सिलवेस्टरकी अटोर्नी मार्टी गायिकाले महिलाको आरोपलाई झुठो भएको बताइन् । उनले त्यसको विरुद्ध उजुरी दिने कुरा पनि खुलाइन् । गत महिना पनि सिलवेस्टरमाथि १९८६ मा १६ वर्षकी युवतीले आफूमाथि शारीरिक सम्बन्ध राख्न बाध्य बनाएको आरोप लगाएकी थिइन् । अभिनेताका प्रवक्ताले त्यो आरोपलाई झुठो भनेका थिए ।

केही समय अघि हलिउड निर्माता हार्वे विनस्टीनमाथि एकैपटक धेरै महिलाले यौन दुव्यर्वहारको आरोप लगाएका थिए । उनी माथि हलिउडका प्रख्यात अभिनेत्रीले पनि आफूमाथि यौन दुव्यर्वहार गरेको आरोप लगाएका थिए । हार्वेले आफूमाथि लागेको आरोप निराधार भने पनि उनीमाथि १९९० देखि २०१५ सम्म यौन शोषणको आरोप लागेको छ ।