हङकङका दर्शकलाई रुवायो ब्लाइण्ड रक्सले

काठमाडौं । लण्डनका दुई दर्जन सहरपछि फिल्म ‘ब्लाइण्ड रक्स’लाई सोमबार हङकङमा प्रिमियर गरिएको छ । दृष्टिविहिन सृष्टि केसीको जीवनीमा आधारित बायोपिक फिल्म हेर्न आएका दर्शकले फिल्मकी शीर्षपात्र बेनिशा हमालको अभिनयको प्रशंसा गरेका थिए ।

हङकङ प्रिमियरकै लागि लण्डनबाट आएका निर्माता निकेश लिम्बुले फिल्मको ज्ञान र मनोरञ्जनले दर्शकलाई बाँधेको बताए । ‘फिल्म हेर्ने धेरै दर्शकका रसाए’,निकेशले भने,‘फिल्म हेर्ने अधिकांश दर्शकले बेनिशाको अभिनयको प्रशंसा गरे ।’

कार्यक्रममा आयोजक संस्था नेपाल चलचित्र एसोसिएसनले निकेशलाई सम्मान गरेको थियो । अध्यक्ष राजु राईले सम्मान प्रदान गरेका थिए । मिलन चाम्स निर्देशित फिल्म आगामी फागुन १८ मा नेपालमा रिलिज हुँदैछ । फिल्ममा गौरी मल्ल, अर्पण थापा, अनिल शाहलगायतको पनि अभिनय छ ।