रोबोट पनि शाहरुखको फ्यान

मुम्बई(एजेन्सी) । बलिउडका ‘किङ अफ रोमान्स’का रुपमा परिचित अभिनेता शाहरुख खानको फ्यान स्वदेशमा मात्र नभई विदेशमा पनि उत्तिकै छन् । तर अब उनको फ्यान केवल मानव मात्र रहेनन् । विश्वकै पहिलो नागरिकता पाउने मानव रोबोट पनि शाहरुखको फ्यान छन् भन्दा धेरैले नपत्याउलान् ।

सोफिया नाम गरेको यो रोबोटलाई गत मंगलबार हैदराबादमा आयोजित ‘वल्र्ड काँग्रेस अन इन्फरमेशन टेक्नोलोजी’को बेला उनलाई बलिउडका मनपर्ने कलाकारको नाम सोध्दा सोफियाले शाहरुखको नाम लिएकी थिइन् ।

सोफियाले आफ्नो नाम लिएको थाहा पाएपछि शाहरुखले ट्वीटरमा खुशी व्यक्त गरेका छन् । उनले ट्वीटरमा सोफियालाई आभार भन्दै रोबोट सोफिया प्रति आफ्नो प्रेम रहेकोसमेत बताएका छन् । साउदी अरबकी रोबोट सोफियाले विश्वमै पहिलोपटक मानव जस्तै अधिकार पाएकी छन् । सोफियाको निर्माण हङकङ बेस्ड हैसन रोबोटिक्सले विकास गरेको हो ।