पापड बेच्दै ऋतिक रोशन

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता ऋतिक रोशन हालका दिनमा सामाजिक सञ्जालमा राम्रै छाएका छन् । उनी अरु केही कारणले नभई उनको नयाँ फिल्म ‘सुपर ३०’को कारण सामाजिक सञ्जालमा छाएका हुन् । यो फिल्मको हाल धमाधम छायांकन भइरहेको छ ।

सामाजिक सञ्जालमा फैलिएको एक तस्वीरमा ऋतिकलाई चिन्न मुस्किल पर्छ । किनकी त्यो तस्वीरमा उनलाई साइकलमा पापड बेचिरहेको अवस्थामा देख्न सकिन्छ । बलिउडका सबैभन्दा कामूक हिरोको उपमा पाइसकेका ऋतिकको यो लुक्स देख्दा जोकोही पनि चकित परेका छन् ।

यो फिल्म आईआईटीको प्रवेश परीक्षाको तयारी गर्ने चर्चित संस्थान पटनाको ‘सुपर ३०’ का संस्थापक गणितज्ञ आनन्द कुमारको जीवनीमा आधारित छ । यो फिल्ममा ऋतिकको लुक्सलाई दर्शकले निकै चासोपूर्वक हेरेका छन् ।  फिल्मको सुटिङ हालका दिनमा जयपुरमा चलिरहेको छ । यसको केही भाग वनारसमा छायांकन भइसकेको छ । केही दिन अघि मात्र ऋतिकले फष्टलुक सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए । यो फिल्ममा ऋतिक पहिलोपटक शिक्षकको भूमिकामा देखिँदैछन् । फिल्मको निर्देशन विकास बहल गरिरहेका छन् । फिल्म यसै वर्षको नोभेम्बरमा रिलिज हुनेछ ।