कन्याममा यसरी रमाइन् सुस्मिता

काठमाडौं । गत वर्षको साउन ७ गते रिलिज भएको फिल्म ‘म त तिम्रै हुँ’को गीत ‘उडु उडु लाग्छ’ सार्वजनिक भएको छ । ओएसआर डिजिटलमार्फत सार्वजनिक गीतमा अभिनेत्री सुस्मिता केसीले फिचरिङ गरेकी छन् ।

इलामको कन्यामबाट शुरु भएको गीतमा कन्यामसँगै तराईका विभिन्न भागहरुलाई देख्न सकिन्छ । हर्कुलश बस्नेत र निखिता थापाको स्वर रहेको गीतमा हर्कुलशको संगीत र शब्द छ । अनमोल क्रिएसनको व्यानरमा निर्माण भएको फिल्ममा श्रीराम महतको निर्देशन छ ।

सुस्मिता केसी र सुवास थापाको लगानी रहेको फिल्ममा कथा र परिकल्पना सुस्मिताको छ । फिल्ममा आकाश श्रेष्ठ, ज्योत्सना योगी, जीवन भट्टराई, अनुपम श्रेष्ठ र सुशन श्रेष्ठलगायतले अभिनय गरेका छन् ।