गीतमा बदनामी भइन् अञ्जु !

काठमाडौं । गायिका अन्जु पन्तको आवाजमा रहेको ‘बदनामी’बोलको गीतको भिडियो सार्वजनिक भएको छ । विक्रम केसीको शब्द तथा संगीत रहेको गीतको भिडियोलाई सेलिब्रेटी नेपालले निर्माण गरेको हो । सुरेश काफ्लेले छायांकन तथा निर्देशन गरेको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन् । भिडियोमा कृति भट्टराई,बुद्धि श्रेष्ठ र एलिजा बुढाथोकीको अभिनय रहेको छ । भिडियोमा एउटी नारीको पिडा र बेदना प्रस्तुत गरिएको छ ।

अन्जु पन्त नेपाली फ्गीत संगीतमा अहिलेको चर्चित नाम हो । नेपाली गायन क्षेत्रमा उनले विभिन्न चर्चित गीतहरू गाएकी छिन् जसमध्ये न बिर्सें तिमीलाई, म तिमी बिना मरीहाल्छु, सुर्के थैली खै,तिमि रोएको पल आदि रहेका छन् । उनले दर्जनौं नेपाली चलचित्रका लागि गीत गाईसकेकी छिन् भने सयौं सांगीतिक एल्बममा आफ्नो आवाजको जादु छरिसकेकी छिन् ।