संगीतमा रमाउँदै भूपु सिंगापुरे सुवास

काठमाडौं । रामेछापको दोरम्बामा जन्मिएर हुर्केका सुवासचन्द्र मोक्तान सानैदेखि गित संगीत प्रति झुकाव राख्थे । यद्यपी साथीभाइको लहलहैमा रोजगारीका लागि उनी सन् १९९९मा सिंगापुर पुलिसमा भर्ती भए । सिंगापुर पुलिसमा भर्ती भएता पनि संगीत प्रतिको उनको मोह भने कायमै थियो ।

उनले विभिन्न विधा मध्ये संगीत विधा रोजे र नेपालि धुनको पहिचान बोकेको न्याउली बाजा बजाउन सिके । त्यसपछि उनी प्रत्येक पटक बिदामा नेपाल आउदा विभिन्न सांगीतिक कार्यक्रमहरुमा सरिक भएर आफ्नो प्रस्तुति दिन थाले । अझ सन् २००८ देखि त उनी आधिकारिक रुपमा नै नेपाली संगीत क्षेत्रमा प्रवेश गरेर विभिन्न गीतहरुमा संगीत भरेर आफ्नो प्रतिभा प्रस्तुत गरे ।

नेपालमा मात्र नभएर उनले जर्मनी, स्कटल्याण्ड, अष्ट्रेलिया लगायत एक दर्जन भन्दा धेरै देशमा आफ्नो सांगीतिक प्रस्तुति दिसकेका छन् । नेपाली सांगीतिक क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म पुर्याउन महत्वपूर्ण योगदान पुर्याए बापत सुबाशलाइ सिंगापुरमा सिपि कमेन्ड़ेसन् अवार्ड, नेपालमा उत्कृष्ट बाध्बादक इमेज अवार्ड आदि अवार्डहरुबाट सम्मानित भएका छन् ।