चैत्र अन्तिममा पुर्णिमाको हिरोज

काठमाडौ । अभिनेत्री पुर्णिमा लामाले निर्माण गरेको फिल्म ‘हिरोज’ आगामी चैत्र २३ गते रिलिज हुने भएको छ । एनबी महर्जनको निर्देशन रहेको फिल्मले बेरोजगारीको पीडा, महिला हिंसा, राजनैतिक बिकृति, अन्याय विरुद्धको आवाज र प्रेमकथा प्रस्तुत गरेको छ । फिल्ममा करिश्मा मानन्धर, जयकिसन बस्नेत, पुर्णिमा लामा, मुकेश ढकाल, संजोग राणा, दिलकृष्ण श्रेष्ठ, सहिन प्रजापति, दिनेश डिसीलगायतका कलाकारले अभिनय गरेका छन् ।

जयलक्ष्मी फिल्मस्को ब्यानरमा निर्मित फिल्मको प्रस्तुतकर्ता लक्ष्मी लामा छिन् भने निर्मातामा युवराज लामा, शेखर लामा र संजोग राणा छन् । शिव ढकाल र रामशरण उप्रेतीले खिचेको फिल्ममा कमल राई, कविराज गहतराज र रामजी लामीछानेको कोरियोग्राफी र शंकर महर्जनको द्वन्द्व छ ।

नयाँ बर्षको उपहार स्वरुप दर्शकमाझ ल्याउन लागिएको फिल्मप्रति आफू निकै आशावादी रहेको पुर्णिमाले बताइन् । फिल्मको वितरण श्रीराम बालाजी फिल्म्स्का सुनील मानन्धरले गर्दैछन् ।