गाँजाबाजामा कलाकारको रिगीपिटी

काठमाडौं । फिल्म छायांकनदेखि नै चर्चा र विवादमा आएको फिल्म ‘गाँजाबाजा’को नयाँ गीत ‘रिगीपिटी’ सार्वजनिक भएको छ । फागुन २५ गते अलनेपाल रिलिज हुने फिल्मको दोस्रो गीत सार्वजनिक भएको हो । निख एण्ड जटाको संगीत, निर्मल गर्तौलाको शब्द र जटावेडा बनेर्जीको स्वर रहेको गीतमा फिल्मका प्रमुख कलाकारहरुले फिचरिङ गरेका छन् ।

गणेशदेव पाण्डेको लेखन तथा निर्देशन रहेको फिल्ममा अनुपम शर्मा, सुशिल सिटौला, बर्षा सिवाकोटी, रक्षा श्रेष्ठ, रविन थापा, उद्दव भट्टराई, अम्बर सुवेदी, जीवन भट्टराई, गोपाल अर्याल, कुविर सुब्बा लगायतका कलाकारको अभिनय छ ।

फिल्ममा निख एण्ड जटाको संगीत, याकोपो रास्लिकको छायाँकन र लोकेश बज्राचार्यको सम्पादन छ । बाबा सिनेमा निर्माण कम्पनिको सहयोगमा डीआर फिल्मस र टुका इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमाका निर्मातामा दिपेन्द्र रेग्मी र गोमा विष्ट थापा रहेका छन् ।