इन्टु मिन्टु लण्डनमाको गीतमा रोमान्टिक साम्राज्ञी–धिरज

काठमाडौं । कोरियोग्राफर रेनशा वान्तवा राईको डेब्यु निर्देशन रहेको फिल्म ‘इन्टु मिन्टू लण्डनमा’को पहिलो गीत ‘थाहै भएन’ सार्वजनिक गरिएको छ । लिरिकल अडियोभिडियो गीतमा स्वप्न सुमनको शब्द, संगीत र स्वर छ । भिडियोमा साम्राज्ञी राज्यलक्ष्मी शाह र धिरज मगरले फिचरिङ गरेका छन् । यूकेको केही भाग छायांकन गर्न बाँकी रहेको फिल्म बसन्त ऋतुको समयमा सुटिङ गरिने निर्माण पक्षले जनाएको छ । पहिलो चरण अन्तर्गत फिल्मले डिसेम्बरमा युकेका ‘फेस्टिभ सिन’हरु खिचेर विश्राम लिएको थियो ।

प्रज्जवल समशेर जबरा र रेनाशाकै कथा रहेको फिल्ममा साम्राज्ञी र धिरजका अलावा सरुक ताम्राकारको पनि मुख्य भूमिका छ । यसै वर्ष प्रदर्शनमा आएको ‘रानी’बाट सरुकले अभिनयमा डेब्यु गरेका थिए । आई कोर फिल्मस्को व्यानरमा ‘इन्टु मिन्टु लन्डनमा’लाई प्रभु समशेर जबरा र प्रज्जवल समशेर जबराले निर्माण गरेका हुन् । फिल्मका सह–निर्माताहरुमा सुलेखा राई, बसन्त तामाङ र सुष्मिता जिरेल रहेका छन् ।

फिल्मको लेखकमा अभिमन्यु दिक्षित र रेनषा रहेका छन् । भने, आभास कर्माचार्यको संवाद रहेको छ । शैलेन्द्र धोज कार्कीको छायाँकन रहेको ‘इन्टु मिन्टु लण्डनमा’मा टिसूजिल कर्माचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमन र बसन्त सापकोटाको संगीत रहेको छ ।