दुबइमा अस्ताइन बलिउडकी श्रीदेवी

मुम्बई(एजेन्सी) । आफ्नो सानदार अभिनयबाट फिल्म प्रेमीको मन जितेकी बलिउड अभिनेत्री श्रीदेवीको दुबईमा हृदयघातका कारण निधन भएको छ । श्रीदेवी ५५ वर्षकी थिइन् । उनलाई हिन्दी फिल्मको पहिलो सुपरस्टार पनि मानिन्छ । सन् २०१३ मा पद्मश्री सम्मान पाएकी थिइन् । उनको पति बोनी कपुरका भाई तथा अभिनेता सञ्जय कपुरले मृत्युको पुष्टि गर्दै श्रीदेवीको राती ११ बजेर ३० मिनेटमा जाँदा निधन भएको जनाएका छन् । उनी दुबईमा भए पनि भारत फर्किने तयारीमा रहँदा निधन भएको सञ्जयले बताए ।

श्रीदेवी पति बोनी कपुर र सानी छोरी खुशीसँग मोहित मारवाहको वैवाहिक समारोहमा सहभागिता जनाउन दुबई पुगेकी थिइन् । उनको निधनको खबर सुनेपछि मुम्बईस्थित उनको घर अगाडि मान्छेको भीड लागेको छ । उनी ठूली छोरी जाहान्वी मुम्बईमा नै छिन् । उनी सुटिङको व्यस्तताले परिवारका साथ दुबई जान सकेकी थिइनन् । उनको निधनमा बलिउडका सेलिब्रेटीले ट्वीटरमार्फत श्रद्धाञ्जली दिएका छन् ।