अमेरिकामा चौरी सम्झँदै यशोधा

काठमाडौं । नेपाली सुगम संगीतमा एक दशकदेखि सक्रिय गायिका यशोधा खालिङ राईको ‘चौरी’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सञ्जय बरालको शब्दमा हरि लम्सालको संगीत तथा संगीत संयोजनमा तयार भएको गीतमा गायिका यसोधा, सुकराम, अस्मिता र कुसुम गोलेको अभिनय रहेको छ ।

सुकराम गोले कै कोरियोग्राफी तथा निर्देशनमा तयार भएको भिडियोको छायाँकार प्रेमाहाङ राई हुन् । भिडियोमा अमेरिकाको न्यूयोर्कका पार्कहरु देख्न सकिन्छ । हिउँले भरिएका पार्कहरु चौरी चर्ने नेपालको सुन्दर हिमाली भुभाग जस्ता लाग्दछन ।

यसअघि आर्टिस्ट नेपाल नेटवर्क मार्फत ‘मेरो मन’ सार्वजनिक गरेकी गायिका यशोधाको नयाँ भिडियो पनि आर्टिस्ट नेपाल प्रोडक्सन अन्तर्गत पोष्ट प्रोडक्सन भएको हो ।
२००६ मा पविधान खालिङ राइको संगीतमा आफ्नो पहिलो सांगीतिक कोशेली स्वरुप ‘यसोधा–१’ बजारमा ल्याएकी उनी दोश्रो एल्बम ‘यसोधा–२’ को अन्तिम तयारीमा पनि जुटेकी छिन् ।