विन्ध्यवासिनी पुज्दै सुश्री सम्पत्ति शुरु

सुशन घिमिरे, पोखरा । पत्रकार तथा निर्देशक सुब्रत आचार्यको दोस्रो फिल्म ‘सुश्री सम्पत्ति’ मंगलबारबाट छायांकनका लागि फ्लोरमा गएको छ । पोखरामा छायांकन गरिने फिल्मले पोखराको विन्ध्यवासिनी मन्दिरमा पुजा गर्दै सुटिङ शुरु गरेको हो । निर्देशक आचार्यका अनुसार फिल्ममा कमेडी र प्रेमकथा हुनेछ ।

फिल्ममा सलोन बस्नेत, सारा सिर्पाली, विनोद न्यौपाने, प्रमोद अग्रहरि, राजाराम पौडेल, जयानन्द लामाको अभिनय रहनेछ । फिल्ममा नायिका प्रियंका कार्की विशेष भूमिकामा छिन् । फिल्ममा सुरेश अधिकारीको संगीत, अर्जुन तिवारीको छायांकन, कविराज गहतराजको कोरियोग्राफी र निर्देशक सुब्रतको कथा हुनेछ ।

राहुल इन्टरटेन्मेन्टको व्यानरमा बन्ने फिल्ममा रमेश त्वयना, विज्ञान राई, नुनम सुब्बा र रोमन शीलाकरको लगानी छ । सुब्रतले यसअघि प्रदिप उदयको ‘अधकट्टी’बाट निर्देशनमा डेब्यु गरेका थिए ।