कार्यशालामा जुट्यो लखपति माग्ने

काठमाडौं । नेपालकै पहिलो महिला सिनेमाटोग्राफर सवनम मुखियाको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘लखपति माग्ने’को कार्यशाला शुरु गरिएको छ । आफ्नै कार्यालय बागवजारमा यतिखेर फिल्मको कार्यशाला चलिरहेको छ । नयाँ एवं पुराना कलाकार र प्राविधिक समेटेर फिल्म निर्माण गरिदैछ ।

फिल्ममा विष्णु अर्याल, सोनिका शाही, कमलमणि नेपाल, निरु खड्का, कुमार गजुरेल, सुनिलजंग रायमाझी, मोहन चाम्लिङ, अपेक्षा खड्का, आमकृष्ण भण्डारी, सविन कटुवाल, विष्णु कोइराला, सुरज प्रधान, जय जगदिश उपाध्याय, खिमेन्द्र जैशी, पवन केसी, किरण ढकाल, अविनाश ढकाल लगायतका कलाकारको अभिनय हुनेछ ।

ड्रिम वल्र्ड अफ फिल्म मेकर्सको व्यानरमा निर्माण हुने फिल्ममा रामेश्वर हुमागाईको छायांकन, सन्तोष श्रेष्ठ, दीपक शर्मा र विशाल घोषको संगीत, शान्तिप्रिय र विशाल घोषको गीत हुनेछ । फिल्म चैत्र ६ गतेबाट फ्लोरमा जानेछ ।