पुष्पनको ठूल्दाजुमा रोज्वेको मार्मिक भिडियो

काठमाडौं । भारतको डुवर्समा बसेर संगीतमा सक्रिय पुष्पन प्रधानले केही समय अघि मात्र राजधानीमा ‘इन्दुरे मिन्दुरे’ एल्बम श्रोतामाझ ल्याए । विन्ध्यवासिनी म्युजिकले बजारमा ल्याएको एल्बममा ६ गीत समावेश छन् । कार्यक्रममा ‘ठूल्दाजुु’ शीर्षकको गीतको भिडियो पनि देखाइएको थियो ।

म्युजिक भिडियोमा सफर पोखरेलले अभिनय गरेका छन् भने भिडियोको निर्देशन रोज्वे रेग्मीले गरेका हुन् । ‘जिन्दगी रक्स’मा एउटा गीतमा संगीत दिएका पुष्पनले निर्माणको अन्तिम चरणमा रहेको ‘समरलभ’मा एकल संगीत दिएका छन् ।

भिडियोमा शीर्ष भूमिकामा देखिएका सफरले आफ्नो जिन्दगीमा पाएको अनेक संघर्षलाई देखाइएको छ । भिडियो विन्ध्यवासिनी म्युजिकको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।