५७ सय स्क्रिनमा टाइगर जिन्दा हे

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सलमान खान र कैटरीना कैफ अभिनित फिल्म ‘टाइगर जिन्दा हे’ शुक्रबारबाट विश्वका ५७ सय थिएटरमा एकसाथ प्रदर्शनमा आएको छ । फिल्ममा दुवैजना सुपर जासूस भूमिकामा देखिएका छन् ।

यो फिल्म सन् २०१३ मा रिलिज भएको ब्लकब्लष्टर फिल्म ‘एक था टाइगर’को सिक्वेल हो । यशराज फिल्म्स्को प्रोडक्सनमा बनेको यो फिल्म अन्तर्राष्ट्रिय र घरेलु दुबै बजारमा धुमधामका साथ रिलिज भएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार बिहीबार फिल्मको ५७ सय थिएटरमा नै एकसाथ एडभान्स बुकिङ खुलेको थियो । सलमानको फ्यान फलोइङलाई ध्यानमा राख्दै विश्वका ११ सय अन्तर्राष्ट्रिय स्क्रिनमा फिल्म देखाइँदैछ ।

यो फिल्म अन्तर्राष्ट्रिय रुपमा सर्वाधिक शो पाएर रिलिज हुने फिल्ममध्येमा परेको छ । विश्वव्यापी रुपमा ५७ सय स्क्रिनमा रिलिज भएपछि यो फिल्म सन् २०१७ को अन्त्यको ब्लकब्लष्टर फिल्म हुने आशा फिल्म विश्लेषकले गरेका छन् ।