रक्षालाई पाउन कमेडियनको हानथाप

काठमाडौं । हाँस्य टेलिश्रृंखला ‘भद्रगोल’का कलाकार सागर लम्साल ‘बले’ र हरिश निरौला ‘कक्रोज’ को नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । लामो समयपछि उनीहरु गायक किरण भुजेलको गीतमा मोडलको रुपमा देखिएका छन् ।
संगीतका विद्यार्थी किरणको ‘बरी लै’ बोलको गीतले पनि यसअघि राम्रै चर्चा पाएको थियो । पल शाह र जुना सुन्दास अभिनित उक्त भिडियोको लोकप्रियताले हौसिएका किरणले यसपटक हाँस्य कलाकारलाई मोडलको रुपमा लिएका हुन् । हाँस्य कलाकारको गतिलो छवि बनाएका उनीहरु म्युजिक भिडियोमा रक्षा श्रेष्ठ र जुना सुन्दाससँग देखिएका हुन् ।

‘माया मै सँग लाइदेउन’ बोलको रोमान्टिक गीतमा बले र रक्षा एवं कक्रोज र जुनाले रोमान्स गरेका छन् । भिडियोमा बले र कक्रोजको प्रेमिका बनेका रक्षा र जुना, मधुसुदन पाठक (सितेबा) को अंगालोमा देखिएका छन् । निकै मिठो बनेको गीतमा किरण भुजेल र मेलिना राईको स्वर रहेको छ । डि.पी खनालको शब्द रहेको गीतमा शंकर थापा ‘स्माइल’को संगीत छ ।

उदयराज पौडेलको एरेन्जमा तयार भएको गीतको भिडियोलाई युवराज वाइबाले निर्देशन गरेका हुन् जसमा सुरेन बसेलको कोरियोग्राफि छ । बसेल विगत एक दशक देखि कोरियोग्राफी गर्दै आएका छन् । उनले समेत यो भिडियो आशालाग्दो कामको रुपमा हेरेका छन् । भिडियो निशान घिमिरेले सम्पादन गरेका छन् ।

हेर्नुहोस् भिडियो