श्रृष्टिलाई निराजनको तिमी विना

काठमाडौं । निर्देशक निशान घिमिरेले निर्देशन गरेको एक रोमान्टिक गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘तिमी विना’ बोलको गीतको भिडियोमा मोडलद्वय निराजन प्रधान र श्रृष्टी खड्कालाई फिचरिङ गरिएको छ । यो गीतको भिडियोमा दुबै मोडल रोमान्टिक अवतारमा देखिएका छन् ।

गायक नवराज थापाको आवाज तथा राजकुमार बगरको शब्द तथा संगीत रहेको यो गीतको भिडियोलाई निर्देशक निशानले रोमान्टिक र रंगिन बनाएका छन् । अर्जुन तिवारीले छायांकन गरेको भिडियोेको सम्पादन विकास ढकालले गरेका हुन् । गीतमा प्रेमिले प्रेमिका विनाको अधुरो पलको कुरा गरेका छन् । निर्देशकले पनि गीत अनुसार नै भिडियो तयार गरेका छन् ।