६ सहरमा शत्रु गते यात्रा

काठमाडौं । गीत तथा ट्रेलरका कारण चर्चामा रहेको फिल्म ‘शत्रु गते’ ले मोफसल यात्रा गर्ने भएको छ । ‘रुस्लान मह शत्रु गते यात्रा २०७४’ नाम दिइएको यात्रामा कलाकार हरिवंश आचार्य, किरण केसी, शिवहरी पौडेल, पल शाह, आँचल शर्मा र जुनु रिजाल काफ्ले रहनेछन ।

फागुन २३ गते हेटौडाबाट शुरु हुने यात्रा नारायणगढमा २४, बुटवलमा २५, पोखरामा २६, बिर्तामोडमा २८, दमकमा २९ र इटहरीमा ३० मा हुनेछ । फिल्मलाई मह सञ्चारको ब्यनारमा निर्माण गरिएको छ भने यसका प्रस्तुतकर्ता किरण केसी हुन् । फिल्ममा हरिवंश आचार्यको कथा रहेको छ । पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसंग मिलेर तयार गरेका हुन् ।

यसमा छायाँकन दिर्घ गुरुङको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका हुन् । यसमा दीपकराज गिरी , दीपाश्री निरौला , नरेन्द्र कंसाकार , शिवहरी पौडेल , यसोधा श्रेष्ठ र रमिला आचार्य निर्माता रहेका छन् । फिल्म चैत्र ९ मा रिलिज हुनेछ । कलाकार हरिवंशले यात्रामा आफूले दर्शकसँग साक्षात्कारसँगै प्रस्तुति पनि दिने बताए । उनले आफूले गीत गाउने पनि बताए ।