मधेसको कथामा मधेसी पुत्र २

काठमाडौं । आगामी चैत ९ गतेबाट मधेसको कथा उठाईएको फिल्म ‘मधेशी पुत्र २’ प्रदर्शनमा आउने भएको छ । नेपाली र भोजपुरी दुवै भाषामा रहेको फिल्मले मधेस आन्दोलनको कथा उठाएको छ । फिल्मका निर्देशक निराजनकुमार मेहेताले फिल्मले सेन्सरमा थुप्रै समस्या खेप्नु परेको बताए । ‘तराईको राजनीतिक कथा भएकोले सेन्सरमा गाह्रो भएको हो । तर सेन्सर सदस्यहरुबाट फिल्मको राम्रो तारिफ भएको छ ।’ निर्देशक मेहेताले भने ।

निर्माता उदित नारायण शाह अरुणको सोलो लगानीमा निर्माण भएको फिल्म अनुराग फिल्म्सको सातौ प्रस्तुति हो । तराईका सप्तरी, सिरहा, धनुषा र भैरहवामा छायांकन गरिएको निराजनकुमार मेहेता, निता घिमिरे, ध्रुव कोइराला, प्रविनलाल यादव, मनोज राज, देव यादबलगायतको अभिनय छ ।