भैरेमा कसले भेट्ला वर्षा सान्नानीलाई

काठमाडौ । निर्देशक एभरेष्ट सुर्य बोहोराको कथा र निर्देशनमा तयार भएको फिल्म ‘भैरे’को पहिलो गीत सार्वजनिक भएको छ । पोखराको फेवाताल परिसरमा छायांकन गरिएको डान्सिङ नम्बरको ‘सान्नानीलाई भेट्न आउँदा’ गीत सार्वजनिक भएको हो । गीतमा बुद्धि तामाङ, विक्रान्त बस्नेत र वर्षा शिवाकोटीले फिचरिङ गरेका छन् ।

निर्देशक बोहरा र बसन्त सापकोटाको शब्द रहेको गीतमा बसन्तको संगीतको संगीत छ भने यम बराल, बसन्त सापकोटा र मेलिना राईको स्वर छ । फेवातालमा डुंगामा समेत कोरस नृत्य प्रस्तुत गरिएको गीतमा कोरियोग्राफर कविराज गहतराजको कोरियोग्राफी तारिफयोग्य छ । छायाँकार पुरुषोत्तम प्रधानको छायांकन पनि गीतमा अब्बल छ । प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारी निर्माता रहेको फिल्ममा करुणाकर घिमिरे, सविता गुरुङ, यम बराल र कुमार बस्नेत फिल्मका सह–निर्मातामा छन् ।

सूर्य थोक्करको द्वन्द्व रहेको फिल्ममा सुरक्षा पन्त, सुनिल थापा, जान्वी बोहरा, जयनन्द लामा, सुरविर पण्डित, अर्जुन गुरुङ लगायतका कलाकारहरुको पनि अभिनय छ । फिल्ममा बनिष शाहको सम्पादन, बसन्त श्रेष्ठ र रामजी लामिछानेको पनि कोरियोग्राफी छ । लेखबहादुर पुन कार्यकारी निर्माता रहेको फिल्म नेपालय सिनेमा ईन्टरनेशनलको व्यानरमा बनेको हो । फिल्म आगामी वर्षको जेठ १८ मा रिलिज हुँदैछ ।