आर्यन–प्रियंकाको रोमान्समा ११ लाखको नजर

काठमाडौं । आगामी पौष २८ गते अल नेपाल रिलिज हुने तयारीमा रहेको फिल्म ‘बटरफ्लाई’को रोमान्टिक गीत ‘म गाउँदिन अब गजल गीत सरगम’ले दर्शकको राम्रो प्रतिक्रिया पाएको छ । नायक आर्यन अधिकारी र नायिका प्रियंका कार्कीले फिचरिङ गरेको गीतमा जोडीको नृत्य कौशलता र गीत छायांकनस्थलको सुन्दरताले गीतले युट्युबमा ११ लाख बढी दर्शक पाइसकेको छ ।
अर्जुन पोखरेलको शब्द र संगीतमा सुगम पोखरेल र अञ्जु पन्तको स्वर सजिएको यो गीत सार्वजनिक भएको झण्डै एक महिनामा ११ लाख दर्शकको आँखामा परेको हो । गीतमा कविराज गहतराजको कोरियोग्राफी छ ।
द फ्रेम क्रिएसनको व्यानरमा निर्माण गरिएको फिल्ममा ओम प्रतिक गुरुङको लेखन तथा निर्देशन छ । रमेश प्रजापति कार्यकारी निर्माता रहेको फिल्ममा पुष्पाञ्जली अधिकारी, रामशरण राना र भुपेन्द्र सुवेदी निर्माता, मन्दिल श्रेष्ठ र सरोज शाह सहनिर्माता छन् ।
फिल्ममा अर्पण थापा, रविन्द्र खड्का, पुरन थापा, सुष्मा कार्की, सुरबीर पण्डित, मोहन निरौला, राम बुढाथोकी र माधव पण्डितको अभिनय छ । अर्जुन पोखरेल, विकास चौधरी र दीपक शर्माको संगीत रहेको फिल्ममा कुमार महर्जनको द्वन्द्व, अर्जुन जिसीको सम्पादन र सुरेश बज्राचार्यको छायांकन छ ।