बोबी टिजरमा प्रेम–रोदन

काठमाडौं । प्रेम र रोदनलाई झल्कने गरी फिल्म ‘बोबी’को ट्रेलर सार्वजनिक भएको छ । मिलन चाम्स निर्मित एवं निर्देशित फिल्ममा कविता गुरुङ र उमेश थापाको वास्तविक प्रेमकथालाई दर्शकले उनीहरुकै अभिनयमार्फत हेर्न पाउनेछन् । शुक्रबार सार्वजनिक ट्रेलरमा विदेशको भर्जिन लोकेशनमा कविता र उमेशको रोमान्ससँगै उनीहरुको प्रेममा आएको टकरावलाई देखाइएको छ ।

विवाहित कविता र उमेश नर्वेका एनआरएन हुन् । फिल्ममा विजय लामा, रुबी राणा शाह, देशभक्त खनाल, रश्मि भट्ट, रवि गिरी, सुरवीर पण्डित, बादल भट्ट, पुर्णिमा लामा, शिशिर राणालगायतका कलाकारको अभिनय छ ।

चाम्स इन्टरटेनमेन्ट र लण्डन आई इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्ममा संचारकर्मी नरेश भट्टराईको स्क्रिप्ट, नवराज कृष्ण थापाको छायाँकन, अर्जुन जिसीको सम्पादन र ताराप्रकाश लिम्बुको संगीत रहेको छ ।