सुरजले ल्याए धेरै पछि

काठमाडौं । गायक तथा पत्रकार सुरज पौडेलको नयाँ गीत ‘धेरै पछि’को भिडियो सार्वजनिक भएको छ । सरोज श्रेष्ठले निर्देशन गरेको भिडियोमा गायक सुरजसँगै रेश्मा लामा र पुष्पराज सखाले फिचरिङ गरेका छन् ।

‘मनको खुशी’ नामक एल्बममा समावेश गरिएको गीतमा शंकरदेव कँडेलको शब्द र चिरञ्जीवी भण्डारीको संगीत छ । भिडियोमा विशाल प्रजापतिको छायांकन छ । भिडियो इन्टरटेनमेन्टमाण्डु प्रोडक्सनले निर्माण गरेको हो ।