प्रेस शोमा रुचाइयो गाजाबाजा

काठमाडौं । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘गाजा बाजा’ शनिवार दिउँसो गरेको प्रेस शोबाट राम्रो प्रतिक्रिया पाएको छ । फिल्म हेरेका पत्रकारहरुले फिल्मको कथाबस्तु मनपराएको बताए ।उनीहरुले फिल्मको प्रस्तुति र कलाकारको अभिनयलाई रुचाए । नेपाली फिल्म हेर्न हलसम्म नपुग्ने एक युवा जमातलाई फिल्मले होल्डओभर गर्न सक्ने केहि पत्रकारले प्रतिक्रिया दिए ।

सुशील सिटौला र अनुपम शर्माको मुख्य भूमिका रहेको फिल्मले गाँजा खोजीमा हिड्ने युवाको कथालाई प्रस्तुत गरेको छ । गाजाको खोजी गर्दा आइपर्ने विविध अवरोधलाई फिल्ममा निर्देशक गणेशदेव पाण्डेले कुशलतापूर्वक प्रस्तुत गरेका छन् ।

फिल्ममा सुशील र अनुपमका अलावा वर्षा सिवाकोटी, रविन थापा, उद्दव भट्टराई, अम्बर सुवेदी, रक्षा श्रेष्ठ, जीवन भट्टराई, गोपाल अर्याल, कुविर सुब्बा लगायतका कलाकारको अभिनय छ ।सिनेमामा निख एण्ड जटाको संगीत, याकोपो रास्लिकको छायाँकन र लोकेश बज्राचार्यको सम्पादन छ । बाबा सिनेमा निर्माण कम्पनिको सहयोगमा डीआर फिल्मस र टुका इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमाका निर्मातामा दिपेन्द्र रेग्मी र गोमा विष्ट थापा रहेका छन् ।