साम्राज्ञीको प्रेममा आकाश र नाजिर

काठमाडौं । फिल्म ‘तिमीसँग’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा कुनै नयाँ ठाउँ घुम्न गएका नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह, नायक आकाश श्रेष्ठ र नाजिर हुसेनबीचको त्रिकोणात्मक प्रेमलाई देखाइएको छ । ट्रेलरमा साम्राज्ञीप्रति नाजिरको आशक्त प्रेमलाई पनि देर्शाइएको छ ।

चैत्र २३ गते देशभरका फिल्म हलमा एक साथ प्रदर्शनमा आउने फिल्म नमन प्रोड्क्सनका लागि शिशिर राणाको निर्माण, निर्देशन तथा लेखनमा तयार भएको हो । काठमाडौं, पोखरा, घोरेपानी, काडापानी, घान्द्रुक, देउराली, पुनहिल, अन्नपुर्ण बेसक्याम्प, नवलपरासी लगायतका क्षेत्रमा छायाँकन गरिएको फिल्ममा सुशिल क्षेत्रीको छायांकन छ ।

त्रिकोणत्मक प्रेमकथात्मक सांगीतिक फिल्मको कथा शिशिर राणा स्वयमको हो भने सम्बाद सुमन उप्रेतीले लेखेका हुन् । शिशिर राणा, सुमन उप्रेती, साकार ओझा र शुशिल क्षेत्रीले मिलेर फिल्मको पटकथा तयार पारेका हुन् ।