हलमा दर्शक तान्दै हुर्रे

काठमाडौं । कमेडी फ्लेबरमा रमाइलो शैलीमा प्रस्तुत गरिएको फिल्म ‘हुर्रे’ले दर्शकलाई दिनानुदिन हलमा तानिरहेको छ । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म हेर्न हलमा दर्शक आउने क्रम बढिरहेको फिल्म हल सञ्चालकहरुले भनाई छ ।

फिल्मका निर्माता सोनाम लामाका अनुसार क्यु एफ एक्सका सिनेमा हलमा शनिबारबाट फिल्मको दुई शो थपिएको छ भने बिजी मलस्थित एस आरलगायत अन्य मल्टिप्लेक्समा पनि थपिने क्रम बढेको छ ।

पशुपति क्षेत्रमा फुल बोच्ने एक युवतीको कथामा आधारित फिल्ममा केकी अधकारी, अुनप बिक्रम शाही, बिजय बराल, राजाराम पौडेल, अँकित खड्का, प्रकाश घिमिरे, संगीता नापितको अभिनय छ । फिल्मका लेखक तथा निर्देशक यम थापा हुन् ।