भदौमा मरिष्काको मिस्टर भर्जिन

काठमाडौं । तीन युवाको यौन चाहनालाई प्रस्तुत गरिएको फिल्म ‘मिस्टर भर्जिन’ २०७५ सालको भदौ १ गते रिलिज हुने भएको छ । वर्ल्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसनको ब्यानरमा निर्माण भएको फिल्ममा विशारद बस्नेतको निर्देशन छ ।  फिल्ममा गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्मको केही समय अघि ‘टुल्की’ बोलको गीत युट्युबमार्फत सार्वजनिक भइसकेको छ । फिल्ममा महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायाङ्कन, विक्रम स्वाँर, दीपक याम सिंहको कोरियोग्राफी ,सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, बुलेट फ्लो, आधा सुर, आर जे, मिस्टर प्रिन्सको सङ्गीत र मिलन डी. काप्रीले सम्पादन रहेको छ । फिल्ममा टेक्निकल हेडको रूपमा दशरथ गिरी रहेका छन् । फिल्ममा खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको छ भने सह निर्मातामा सन्दिप उप्रेती रहेका छन् ।