मिसेस एसिया प्यासिफिकमा दुई नेपाली सुन्दरी

काठमाडौं । मलेसियामा हुने ‘मिसेस एशिया प्यासिफिक–२०१८’ मा दुई नेपाली महिलाले देशको प्रतिनिधित्व गर्ने भएका छन् । सिंगापुरको लुमेरी इन्टरनेशनले मलेसियामा चैत १० गते शनिवार आयोजना गर्न लागेको प्रतियोगितामा गोमा अधिकारी तथा बिन्दु लामाले नेपालको प्रतिनिधित्व गर्न लागेका हुन् ।

मिसेस एशिया प्यासिफिकअन्तर्गत गोमाले ‘मिसेस एशिया प्यासिफिक ग्लोबल’ तथा बिन्दुले ‘मिसेस एशिया प्यासिफिक इन्टरकन्टिनेन्टल’मा प्रतिस्पर्धा गर्नेछन् । गोमा तथा बिन्दुलाई नेपाली इभेन्ट म्यानेज्मेन्ट गर्ने संस्था अमेजन इन्टरटेन्मेन्टले त्यहाँ पु¥याएको हो । ड्रिम सर्च एजेन्सीले भने संयोजकको भूमिका निर्वाह गर्दैछ ।

दुवै प्रतियोगीलाई हिमानी सुब्बाले कोरियोग्राफी, प्रतिक्षा मुभिजका नृत्य निर्देशक एलेक्स महर्जनले नृत्यको कोरियोग्राफी सिकाइरहेका छन् । उनीहरु मार्च २४ का दिन हुने ‘मिसेस एशिया प्यासिफिक ग्लोबल–२०१८’मा सहभागी हुनेछन् ।