उदित नारायण अस्पताल भर्ना

मुम्बई(एजेन्सी) । नेपाली तथा बलिउड फिल्मका पाश्र्वगायक उदित नारायण झाको स्वास्थ्य खराब भएपछि उनलाई अस्पताल भर्ना गरिएको छ । ६२ वर्षका उदितलाई युरिन इन्फेक्सन र हाइ डायबिटिजको समस्या देखिएको चिकित्सकले बताएका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई मुम्बईको एक अस्पतालमा भर्ना गरिएको हो । उनी गत महिना पनि अस्वस्थताकै कारण अस्पताल भर्ना भएका थिए । समाचार अनुसार उदित नारायण हालका दिनमा २ किसिमको डायबिटिजबाट पीडित छन् ।

एक महिना अघि पनि उनलाई ग्लूकोजको तह उच्च भएका कारण अस्पताल भर्ना गरिएको थियो । डायबिटीजका अलावा उदित उच्च रक्तचापबाट पनि पीडित छन् । यही कारणले उनलाई युरिन इन्फेक्सन भएको हुनसक्ने चिकित्सकले बताएका छन् ।