पूर्वैको हाक्पारेमा विल्सनको छमछमी

काठमाडौं । दर्शकमाझ तक्मेबुढाका रुपमा परिचित हाँस्य कलाकार विल्सनविक्रम राई अभिनयमात्र होइन, गीत गाउन पनि उत्तिकै खप्पिस छन् । गायनका अलावा नृत्यमा पनि पोख्त विल्सन स्टेज कार्यक्रममा प्रहसनसँगै गीत गाउन र नृत्य नै देखाउँछन् ।

यिनै विल्सनले आफ्नै स्वरमा नयाँ गीत ‘पूर्वैको हाक्पारे’को भिडियो दर्शकमाझ ल्याएका छन् । विल्सनकै शब्द रहेको गीतमा विनोद खुम्बुको संगीत छ । भिडियोमा विल्सनसँगै रेखा फागो, प्रकाश प्रसाई, विशाल लिम्बु, समइल राई, जेसिका राईले फिचरिङ गरेका छन् ।

नेत्र उप्रेतीले कोरियोग्राफी गरेको भिडियोमा मोहन महर्जनको छायांकन, भरत रेग्मीको सम्पादन र विल्सनकै निर्देशन छ ।