जेठ २५ मा दिनेशको टिनएज

काठमाडौं । कोरियोग्राफर दिनेश पाख्रिनको डेब्यु निर्देशन रहेको फिल्म ‘टिनएज’ आगामी जेठ २५ गते अल नेपाल रिलिज हुने भएको छ । निर्देशक पाख्रिनका अनुसार भीएफएक्सको काम बाँकी रहेकाले रिलिजमा ढिलाई भएको बताए ।  निर्देशक पाख्रिनले यसअघि डेढ सय भन्दा बढी फिल्ममा कोरियोग्राफी र तामाङ तथा राई भाषाका फिल्म निर्देशनको पनि अनुभव लिइसकेका छन् ।

किशोर युवायुवतीको प्रेमजीवनका उतारचढावलाई प्रस्तुत गरिएको फिल्ममा एन्जिला खड्गी, नरेशविर सिंह, सरोज शाह, प्रतिक्षा खड्का, कृष्ण शिवाकोटी, अजय खड्कालगायतको अभिनय छ ।  विरु मगर र चिनीमाया वाइबाको लगानी रहेको फिल्ममा सुमन उप्रेतीको पटकथा तथा संवाद, राजु किरातीको द्वन्द्व, अनिल गौतमको सम्पादन र बासु न्यौपानेको छायांकन छ ।