मिस नेवामा २५ सुन्दरी

काठमाडौं । नेप्लिज फेसन होमले आयोजन ागर्न लागेको ‘मिस नेवा ११३८’का लागि पहिलो चरणको अडिसनबाट २५ सुन्दरी छानिएका छन् । राजधानीमा शनिवार भएको अडिसनमा १३ औं संस्करणका लागि २५ सुन्दरी छानिएका हुन् । सुन्दरीहरुलाई भाइराजा तुलाधर, मिस नेवा सुनिता डंगोल, कोरियोग्राफर रोजिन शाक्य, सुष्मा महरा श्रेष्ठ, प्रदिपमान प्रधान, डा. विमला शाक्य, रिना महर्जन र रोहिया महर्जनको निर्णायक मण्डलले छनौंट गरेको हो ।

नेप्लिस फेसन होमकी प्रमुख हेमा मानन्धरका अनुसार छानिएका सुन्दरीलाई आगामी मंगलबारबाट प्रशिक्षण दिइनेछ । ‘उनीहरुलाई हामी ३५ दिनको नेवारी संस्कृति र परम्पराका विषयमा प्रशिक्षण दिनेछौं । यसबाहेक आत्मविकासको कक्षा, फोटोसुट, पिकनिक र अन्य विविध गतिविधिमा पनि सहभागी गराउनेछौं ।’ उनले भनिन् ।

प्रतियोगीलाई कोरियोग्राफर रोजिन शाक्यले क्षमता विकासलगायतका विविध विषयमा प्रशिक्षण दिनेछन् भने सुनिता डंगोलले नेपाल भाषा र नेवारी संस्कृतिका विषयमा प्रशिक्षण दिनेछिन् । त्यस्तै रोहिया महर्जनले नृत्यको तालिम दिनेछिन् । प्रतियोगीलाई फेसियल हाउसले हेयर स्टाइलमा सहयोग गर्नेछ ।