अमेरिका ब्वाइज टिजरमा पानको चर्चा

काठमाडौं । अमेरिका जान चाहने युवाको कथालाई प्रस्तुत गरिएको फिल्म ‘अमेरिका ब्वाईज’को टिजर सार्वजनिक भएको छ । प्रवेश पौडेलको डेब्यु निर्देशनमा बनेको फिल्मले वैदेशिक रोजगारीको विषयलाई उठान गरेको छ ।

बड्डी इन्टरटेन्मेन्ट र सीबर्ड पिक्चर्सको प्रस्तुतिमा निर्माण भएको फिल्मको टिजरमा अमेरिका जान चाहने युवाको संघर्षलाई देखाइएको छ । फिल्मका कलाकार कामेश्वर चौरासियाको ‘पान’ चर्चाले टिजरमा प्राथमिकता पाएको छ ।

प्रकाश भुजेल कार्यकारी निर्माता रहेको फिल्ममा अर्पण थापा, सृष्टि कार्की, सन्दिप क्षेत्री, कामेश्वर चौरासिया, सुनिल थापा, हरिहर शर्मा, अभय बराल, मनिष राउत, रुबि राना, सुवास गजुरेललगायतको अभिनय छ । यमूना खरेल र राज केसी सह–निर्माता रहेको फिल्ममा विवेक पाण्डेको कथा, आलोक शुक्लाको छायांकन तथा दीपक आरजे र जयान जे वाइवाको संगीत छ । फिल्म आगामी जेठ १८ मा रिलिज हुनेछ ।