नेप्टेको फष्टलुकमा हरियो डलर !

काठमाडौं । अभिनेता दयाहाङ राईलाई पहिलोपटक भिलेन चरित्रमा प्रस्तुत गरिएको फिल्म ‘नेप्टे’का तीनवटा फष्टलुक सार्वजनिक भएको छ । आगामी चैत ३० गते रिलिज हुने फिल्मको ‘सुपारी काँचो’, ‘दिल रानी’ गीतसँगै ट्रेलर पछि निर्माण पक्षले फष्टलुक बाहिर ल्याएको हो । फष्टलुकमा रोहित रुम्बा, छुल्ठिम गुरुङ, दयाहाङ राई, ए गुरुङ, बुद्धि तामाङलगायतका कलाकार देख्न सकिन्छ । फष्टलुकमा फिल्मको संवाद ‘हरियो डलर, डलरले बिगार्यो कलर, अब पैसा वर्षिने भयो बररर’समेत समेटिएको छ ।

देवकुमार श्रेष्ठ निेर्दशित फिल्ममा रोहितकै लगानी छ । किरण माइकलको पटकथा एवं संवाद रहेको फिल्ममा रोहितकै कथा, हरी घले लामाको छायांकन, सन्तोष राज, बाबु बोगटी र ओम सुनारको संगीत, कविराज गहतराजको कोरियोग्राफी, तारा थापा ‘किम्भे’ को सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व छ ।

फिल्ममा पूर्णिमा लामा, अरुणा कार्की, प्रनिशा सिलवाल, उत्तम केसीलगायतका कलाकारको पनि अभिनय रहेको छ । फिल्ममा जयकिशन बस्नेत केमियो भूमिकामा छन् ।