मनको आँखामा दृष्टिविहिनको कथा

काठमाडौं । बीस दृष्टिविहिन व्यक्तिहरुको सघर्षशील जीवनकथामा आधारित पुस्तक ‘मनको आँखा’ सार्वजनिक भएको छ । इस्पाइनल कर्ड इञ्जुरी पुर्नस्थापना केन्द्र सागाका मेडिकल डाइरेक्टर डा. राजु ढकालले पुस्तक सार्वजनिक गरे । साहित्यकार डा. देवी नेपालले पुस्तकको समिक्षा गर्दै पुस्तक नेपाली समाजको मानसिक रुपान्तरणको कोशेढुङ्गा सावित हुने बताए । डा. राजु ढकालले यस्तो महत्वपूर्ण पुस्तकको विमोचन गर्न पाउँदा आफू गौरवान्वित भएको बताए ।

पुस्तककी पात्र सृष्टि केसीले मानिसले जनावरलाई माया गर्दा ऊ नजिकको हुन्छ भने मानिसले मानिसलाई इज्जत र सम्मान दिए मात्र मानसिक रुपान्तर सम्भव हुने र आफू यस्तै अभियानमा लागेको बताइन् । यस कथाका लेखक कृष्णप्रसाद भण्डारीले अरुलाई शोषण गरेर समाजमा प्रबुद्ध ठान्ने व्यक्तिभन्दा अपाङ्गताको जीवन प्यारो लागेको जनाए ।

नेपाली विषयमा एमए र बीएसँगै काउन्सेलिङ मनोविज्ञानमा पोष्टग्राजुयट गरेका कृष्णप्रसाद आफैँ हिवलचियर प्रयोगकर्ता हुन् । यस अघि उनले ‘बालबालिकालाई कसरी असल बनाउने’ र ‘हिवलचियरको जिन्दगी’ पुस्तक प्रकाशन गरिसकेका छन् ।