युरोपमा उल्झनको प्रिमियर तिब्र

काठमाडौं । बेलायतसहित युरोपका विभिन्न सहरमा फिल्म ‘उल्झन’को धमाधम प्रिमियर भइरहेको छ । बेलायतको अल्डरसटस्थित एम्पायर हलमा गत आइतबार फिल्मको प्रिमियर गर्दा त्यहाँ बस्दै आएका नेपाली समुदायले फिल्म प्रति विशेष चासो देखाएका थिए ।

बेलायतको कार्यक्रममा नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले रिमोट दबाएर फिल्मको शुभारम्भ गरेका थिए । कार्यक्रममा एनआरएन यूके अध्यक्ष योगकुमार फगामी, सहारा यूके अध्यक्ष मिनबहादुर गुरुङ,एनआरएन यूके पूर्व अध्यक्षहरु मुछेत्र गुरुङ र सुर्य गुरुङ, कलाकार सनमकुमार वैराग, सपनकुमार राईलगायतको उपस्थिति थियो । कार्यक्रममा फिल्मका निर्देशक राजु अधिकारी,नायक ध्रुव दत्त,अर्का नायक बेनी ढुंगाना र बेल्जियमवासी फिल्मका निर्माताहरु तेजेन्द्र कंडेल र हरि कार्की पनि सहभागी थिए । यो फिल्म बेलायत अघि बेल्जियममा देखाइएको थियो ।

आसुतोष फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्मित फिल्मको निर्देशन राजु अधिकारीले गरेका हुन् । चलचित्रका प्रस्तुतकर्ता तेजेन्द्र कंडेल, कार्यकारी निर्माता नारायण ढुङ्गाना, निर्माता हरि कृष्ण कार्की र नबिन अधिकारी छन् । चलचित्रलाई यहि मार्च २५ मा लण्डनको साउथ ह्यरो तथा मार्च ३१ मा स्वीन्डनमा प्रदर्शन गरिदैछ । त्यसपछि रेडिङ बेजिङस्टोक, ननिनटङ, बर्मिङह्याम,योर्क, वुल्वीच तथा स्कटल्याण्ड लगायतका स्थानहरुमा पनि प्रदर्शन गरिनेछ ।