प्रियंका लुकाउँदै मुस्कुराए लिलिबिलीका प्रदिप–जसिता

काठमाडौं । आगामी चैत्र ३० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘लिलिबिली’को तीनवटा फष्टलुक सार्वजनिक भएको छ । सार्वजनिक फष्टलुकमा फिल्मका प्रमुख पात्र प्रदिप खड्का र जसिता गुरुङका रोमान्टिक लुक्स प्रस्तुत गरिएको छ । तीनवटै फष्टलुकमा उनीहरुको मुस्कानसँगै माया प्रेमलाई देखाइएको छ ।

यो तीन पोष्टर नै दर्शकमाझ आउने यसका निर्माता गोबिन्द शाहीले बताए । फिल्मकी अर्की मुख्य अभिनेत्री प्रियंका कार्कीलाई पोष्टरमा लुकाईएको छ । फिल्ममा अनुपबिक्रम शाही, सविन श्रेष्ठलगायतको पनि अभिनय छ ।

मिलन चाम्स निर्देशित फिल्ममा मिलनसहित गोविन्द शाही र सुदिप खड्काको लगानी छ । स्कटल्याण्ड, स्तानबुल र काठमाडौंलगायतका स्थानमा छायांकन गरिएको फिल्म काफिया फिल्मस्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टले संयुक्त रुपमा निर्माण गरेको हो ।